देशको राजनीति अहिले जटिल मोडमा उभिएको छ : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीतिमा उतारचढाव भइरहेको बताएका छन्।

रिटर्नी सेन्टरको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे। “अहिले देशको राजनीतिमा उतारचढाव छन्,” प्रचण्डले भने, “तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशितामार्फत समाजवाद उन्मुख हुने परिकल्पनामा लागिरहेका छौँ।”

उनले आफ्नो नेतृत्वमा सरकार रहेको समयमा नीति तथा कार्यक्रम र बजेटमा रिटर्नी सेन्टरलाई विशेष प्राथमिकता दिएको स्मरण गरे। तर वर्तमान सरकारले रिटर्नीहरूका लागि छुट्याइएको बजेट समेत अन्यत्र सारिएको भन्दै उनले आलोचना गरे।

प्रचण्डले समाजवादको मार्गमा अग्रसर हुन सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै संविधानको मर्म र भावना बमोजिम अघि बढ्नुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया