दुर्घटना एउटै, मरण एउटै : ठुलाबडाको चर्चा तर सम्झेनन् उनलाई

काठमाण्डौं, १६ फागुन :-अर्जुनकुमार घिमिरेको शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ! घिमिरेलगायत सबैलाई श्रद्धासुमन !
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
मर्ने सबै बराबर हुन को जनता को नेता, र को मन्त्रि,?
तर यहाँ मृत्यु फरक हो जस्तो गरिएको देखिन्छ।
कसैको मृत्यु पहाड भन्दा गह्रौँ कसैको प्रायलाई थाहा नै न हुने किन भएको त?
मरण एउटै, दुर्घटना एउटै तर प्राय सोसल मिडियामा किन मन्त्रि ठुलाबडालाई मात्र श्रदाञ्जलि दिएको भेटिन्छ किन आफ्नो कर्तब्यपालनको क्रममा ज्यान गुमाएका जमदार अर्जुन घिमिरेलाई कसैले सम्झिएनन्??
हेलिकोप्टर दुर्घटनामा मन्त्रि रविन्द्र अधिकारीका सुरक्षाकर्मी जमदार अर्जुन घिमिरे पनि आफ्नो अन्तिम सास सम्म कर्तब्य पुरा गर्दै मन्त्रि संगै मृत्युवरण गरे तर खबर बाहिर आएका छैनन ।
खै!! अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ??
खै!! घिमिरे शोकसन्तप्त परिवारलाई शोक विज्ञप्ति ??
खै!!शोकलाई शक्तिमा रुपान्त्रण गर्न आग्रह??
के घिमिरेको परिवारलाई शोक छैन??
घिमिरेको शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस ! घिमिरेलगायत सबैलाई श्रद्धासुमन !

फेसबुकबाट तपाईको प्रतिक्रिया