१६ फागुन, काठमाडौं : राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ। रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
यो खबर इजिप्टको हो । दुर्घटनाभएपछी यातायात मन्त्रीले एकाएक राजीनामा दिएको समाचार सार्वजनिक भएको छ । दुर्घटनापछि आगलागी हुँदा ठुलो मानवीय क्षति भएपछी मन्त्रीले राजीनामा दिएको जनाइएको छ । कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । “यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गरेको छ,” मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एजेन्सीको सहयोगमा