आमा बाबु बजार गएको बेला दुई वर्षीय बालक खोलामा मृत भेटिए

फाइल फोटो

मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी बुधबार राति खोलामा मृत भेटिएका हुन् ।

छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार जानुभएको थियो ।

राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएका थिए ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली आज घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया