दुःखको कुरा नेपालीको शान सगरमाथा रहेन अब विश्वको ठूलो चुचुरो

पब्लिक आवाज/प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुन्द्री सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ ।तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ ।

विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारतको महादेसिय प्लेट एसियामा धसिएपछि जमिनको भाग अकासिन पुग्दा सगरमाथा बनेको थियो ।यथार्थमा एभरेष्ट समुन्द्री सतहबाट २९ हजार ३५ फिट र माउना किया १३ हजार ७ सय ९६ फिट माथि रहेका छन् । तर माउना किया प्रशान्त महासागर भित्र करिव १९ हजार ७ सय फिट डुबेको अवस्थामा रहेको छ ।

यस अर्थमा भन्ने हो भने माउना कियाको उचाई करिव ३३ हजार ५ सय फिट अग्लो अर्थात एभरेष्ट भन्दा झण्डै एक माइल अग्लो रहेको छ । वास्तवमा माउना किया हवाई टापुमा अवस्थित ठूलो निष्क्रिय ज्वालामुखी पहाड हो

फेसबुकबाट तपाईको प्रतिक्रिया