काठमाडौँ, रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् भने एकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेका अनुसार घाइतेनहरुको उद्दार भैसकेको छ ।
घाइते मध्य दुईको अवस्था भने निकै गम्भीर रहेको छ । करिब ३:३० बजे तिर भएको उक्त दुर्घटनामा परि घाइते हुनेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
उक्त दुर्घटना दाङको घाेराही नगरपालिका-१३ बाह्रकुने दह भन्दा एक किलोमिटर माथि भएको हो ।