एजेन्सी, शनिबार भारतको दक्षिणी भेग आन्द्र प्रदेशमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १५ पुगेको छ । आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १३ यात्रुको घटनास्थलमै मृत्यु भएको र बाँकी २ को उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भारतीय संचार मध्यमले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारको लागी लगिएको थियो ।
मृत्यु हुनेमा अधिकांस यात्रु छिमेकी राज्य तेलङ्गानाको गडवाल जिल्लाका स्थानिय रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै गरेका बुझिएको छ । ( एएफपी )