दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान हुँदा १२ को घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको सोवेटो टाउनशीपको जोहानेसवर्ग नजिकैको एक बारमा बन्दुकधारीबीच गोली हानाहान भएको छ । यस गोलीबारीमा १४ जनाको मृत्यु भएको खबर बाहिर आएको छ ।

गएराति करिब १२ः३० बजे गोली हानाहान भएको त्यहाँका प्रहरी नायब उपरीक्षक इलियास मावेलाले जानकारी दिए ।आक्रमणकारी मध्यरातमा बारमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

गोली चलाएर आक्रमणकारी घटनास्थलबाट भागेका बताइएको छ । आक्रमणमा घाइते भएका ९ जनाको उपचार भइरहेको छ । आक्रमणकारीको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सीको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया