काठमाडौँ, लामो समय सम्म सडकको स्तरोन्नति नभएको कारण थलीका स्थानियवासीहरु सडकमा उत्रिएका छन् ।
नेविसंघका नेता मनीष सिंखडाका अनुसार सडक ग्राभेल गर्ने क्रममा ठेकेदारले हिलो माटो सडकमा झारेकाे भन्दै कागेश्वरी नगरपालीका ४ र ५ का स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
पटक पटक धुलो र हिलो नियन्त्रणकाे माग राख्दै आएता पनि केही कार्य नभए पश्चात स्थानियले जोरपाटी-साँखु सडक खण्डको थली चोकमा प्रदर्शन शुरु गरेका हुन् ।
स्थानीय सुजन काफ्लेका अनुसार तत्काललाई सडक ग्राभेल गर्न र एक हप्ताभित्रमा सडक पिच गर्नुपर्ने मागसहित आन्दाेलन थालिएकाे हो ।
लामो समय देखी धुलो र हिलोको समस्या झेल्दै आएका स्थानिय ‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’ लगायतका प्लेकार्ड सहित सडकमा उत्रिएका छन् ।