थानकोट–चापागाउँ प्रसारणलाइन आयोजनामा अवरोध, ललितपुरमा लोडसेडिङको जोखिम !

फाइल फोटो

काठमाडौँ,  काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको निर्माणाधीन थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनको ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा २७ नम्बर टावरको फेदबाट नटबोल्ट खोलेर टावर ढालिएको छ ।

लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । केहि दिन अघि नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर ढलेको हो ।

बुधबार मात्रै टावरको निरिक्षण गरेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको बताएका छन् ।

आर्थिक वर्ष २०५५÷०५६बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दा निर्माण हुन सकिरहेको छैन ।

यस बारे घिसिङ्ग बताउँछन्, ‘ मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन । स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?  रुप्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया