त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो !

फाइल फोटो

काठमाडौँ, आइतबार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस धादिङको गजुरी ६ बन्छेटारबाट त्रिशूली नदीमा खसेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मंगलबार दिउँसो घटनास्थलमा १ शव फेला परे पश्चात मृत्यु हेनको संख्या ११ पुगेको हो । झापा घर भएका कृष्णप्रसाद निरौलाको शव त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा भेटिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिएका हुन् ।

उक्त दुर्घटनामा बेपत्ता भएका मध्ये अझै ३ जना फेला परेका छैनन् । अझै बेपत्ता मध्ये २ बालक र १ पुरुष रहेका छन् । ना ७ ख ४३८७ नम्बरको  उक्त यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खस्दा ४ जनाको घटनास्थल मै र बाँकीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

र्घटनामा मृत्यु भएका ३ जनाको अझै पहिचान हुन सकेको छैन । बेपताको खोजीकार्य भैरहेको छ । बालुवा पखाल्ने उद्योगले त्रिशूली धमिलो बनाएका कारण खोजतलासमा कठिनाइ भएको प्रहरीको गुनासो छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया