काठमाडौँ, आइतबार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस धादिङको गजुरी ६ बन्छेटारबाट त्रिशूली नदीमा खस्दा हराएका १ को शव फेला परेको छ । प्रहरीले मंगलबार दिउँसो घटनास्थलमा शव फेला पारेको हो ।
झापा घर भएका कृष्णप्रसाद निरौलाको शव त्रिशूली किनारामा हिलोमा दबिएको अवस्थामा भेटिएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताएका छन् ।
उक्त दुर्घटनामा बेपत्ता भएका मध्ये अझै ३ जना फेला परेका छैनन् । अझै बेपत्ता मध्ये २ बालक र १ पुरुष रहेका छन् । ना ७ ख ४३८७ नम्बरको उक्त यात्रुबाहक सडकबाट ६० मिटर तल त्रिशूली नदीमा ९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका ३ जनाको अझै पहिचान हुन सकेको छैन । बेपताको खोजीकार्य भैरहेको छ । बालुवा पखाल्ने उद्योगले त्रिशूली धमिलो बनाएका कारण खोजतलासमा कठिनाइ भएको प्रहरीको गुनासो छ ।