काठमाण्डौ तेस्रो पटक हृदयाघात भएर नर्भिक भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ ।
शाहलाई गत माग १४ गते हृदयाघात भए पछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो ।
शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको हस्पिटल स्रोतले पब्लिक आवाजलाई बताएको छ ।
शाह क्याविनमा यताउति हिँडडुल गर्नुका साथै सामान्य क्रियाकलाप गर्न थालेका छन् ।
उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छन् ।
उनको मुटुको क्याथल्यावमा धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।
उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भए पछि शाह खतरामुक्त भएका हुन ।