तेलको ट्यांकी विस्फोट हुँदा गोयन्का स्टिल उद्योगमा आगलागी !

काठमाडौँ, बुटवल मायाद्व्वी गाउँपालिकाको एक उद्योगमा आगलागी भएको छ । आज बिहिबार दिउँसो करिब साढे १ बजे मायादेवी गाउँपालिका–५ सेमरीस्थित गोयन्का स्टिल उद्योगमा आगलागी भएको हो ।

प्रहरी गस्तीमा रहेकाले समयमै पुग्दा निकै ठुलो क्षति हुन नपाएको रुपन्देही प्रहरीले बताएको छ । कम्पनीका कर्मचारीको अनुसार भैरहवा र लुम्बिनीका दुई दमकलले चाँडै नै आगो निभाउन सफल भएको  थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण तत्कालै दिन नसकिने कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया