काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्।
उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्।
भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए।
यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए।
जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका हुन्। उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।
भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।
अहिले तीन जना अध्यक्षको लागि हिसिला यमी, गंगा श्रेष्ठ, महिन्द्रराय यादव, राजकिशोर यादवलगायतको नाम चर्चामा छ । ती नेताकाअनुसार आजरभोलिभित्रै पार्टीको अध्यक्षको नाम टुँगो लाग्नेछ ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बामदेवबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट अंशबन्डा भएपछि पूर्ववत् अवस्थामा फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पछिल्लो समय चिराचिरामा विभक्त कम्युनिस्टहरूलाई एउटै छातामुनि ल्याउन समाजवादी केन्द्र निर्माणको पहल गरिरहेका छन्।
दाहालको यो पहललाई एमालेबाट बाहिरिएर नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतम, संघीय समाजवादी पार्टीबाट निष्कासनमा परेका डा। बाबुराम भट्टराई, एमालेबाटै चोइटिएर नेकपा एस गठन गरेको उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतले साथ दिइरहेका छन् ।