तरुनीमा लगानी बालुवामा पानी

पब्लिक आवाज/ जगदिश गिरी

घट्ना  १ : ‘तरुनीमा लगानी बालुवामा पानी’ यो भनाई सत प्रतिशत मेल खान्छ काठमाडौं लगनखेलका राजु श्रेष्ठ नाम (परिवर्तन) संग । पढाइमा औसत थिए , पढ्ने बेला रमाईलो गर्दै बिताइयो राजधानीकै रैथाने भए पछि अलिकती तडकभडत त हुने नै भयो । जसो तसो १२ कक्षा पास गरे पछि अरु जस्तै अष्ट्रेलिया जाने सोच पलायो नजिकका साथिभाईले पनि यसै गरे । तर, म अंग्रेजी माध्यम पढें पनि अंग्रेजी संग दूरदूर सम्म कुनै नाता थिएन् । अंग्रेजी नभई अष्ट्रेलियाको सपना “आकाशको फल आँखा तरिमर” हो । केहि समय पुतली सडकको एउटा ईन्स्टीच्यूटमा गएर समय बिताए पढाई त त्यस्तै हो । आयल्सको तयारी गर्ने एक केटी संग आँखा जुध्यो । आँखा मात्रै सोचेको थिए मन पनि जुध्येको चाल पाईन । बोल्ने प्रयास गरे युवती संग बाल दिईनन ,बोल्न खोजेको प्रयास बिफल भयो ।

“केटिएम” वाइकमा हुईकिने मलाई घर आउँदा उसले ‘देख्योअघि सम्म वाल नदिएकी मै’या त अहिले मेरो नाम सन्ध्या भन्दै हात मिलाउन आइन् ‘। म तीन छक्क परे , मरभूमीमा समुद्र भटे झै लाग्यो पढाइमा अब्बल सन्ध्याको आर्थिक अवस्था मेरो अंग्रेजी जस्तै रहेछ । दूरदूर सम्म कुनै नाता नभएको । हाम्रो दूरी घट्दै गयो मनमा अस्ट्रेलिया जाने सपनाले साहकारको रुप लियो । सम्पूर्ण लगानी गरेर उनि संग विवाह गरेर डिपेन्डेन्टमा जाने पक्का भयो । आयल्सको नतिजा आयो ६.५ ल्याईन सन्ध्याले मेरो खुशीको सिमा रहेन , पैसाको लागि पूर्खौली ४ आना जग्गा बेचेँ उता गए पछि यस्ता कति आँना किनिएला नी भनेर ।

उस्को हजूर बुबा खस्नु भएकाले बिहे गर्ने योजना तुषारापात भयो । एकअर्कोमा औधि विश्वास भएकाले नक्कली विहे पनि नगरेरै पठाए । उता गएको २ वर्ष सम्म पनि सम्बन्ध सुमधूर थियो । केहि समयको अन्तराल पछि कुरा पातलिदै गयो सधै व्यस्त छु भन्ने एक सर्को ‘एसमेस’ मात्र आउँन थाल्यो । हुँदाहुँदै केहि समयको अन्तराल पछि सम्पर्क बिहिन भइन । करिब ३० लाख हाराहारी डूबाए । सम्पर्क गर्ने कुनै माध्यम बाँकी रहेन । उनकोे घर पुगे आमाबुवाले आफूलाई समेत फोन नगरेको बताए पछि कानूनी उपचारको बाटो रोज्ने विचारमा रहेको राजुले बताए , आफू संग कुनै पनि प्रमाण नभएकाले न्याय पाइएला भन्ने आशा छैन ।

घट्ना २

पारिवारिक कमजोर आर्थिक अवस्थाका कारण घर परिवारबाट टाढा वैदेशिक रोजगारीको लागि खाडी हानिएँ । जिबन दुःख–सुख चलेको थियो । गाँउकै एक जना साथीले फेसबुकको ग्रुपमा ‘एड’ जोडें   पछि सुरु भयो विनोदको राम कहानी ग्रुपमै थिइन् पूर्वकी वर्षा नाम परिवर्तन कुरा बढ्दै गए पछि प्रेम सम्बन्ध झाङ्गीयो परिवारलाई बरु फोन गरिन  उनलाई दैनिक २/३ घण्टा फोन नगरे छटपटि हुन थाल्यो । खुबै फोन गरे बेला बेला पैसा पनि नपठाएको हैन् । पैसा ‘फोन र उनलाई पठाउँदा ‘बराबर भए पछि पारिवारिक सम्बन्ध पनि केहि चिसियो । एक दिन उनले कोरियन भाषा पढें राम्रो छ । पैसा फालाफाला कमाउन सकिन्छ भनिन् हुन त गाँउकै केहि मान्छे कोरिया गएकै २ वर्ष बित्न नपाउँदै शहरमा घर ठड्याएका उदाहरण आँखा अगाडि छरपस्ट छन् ।

मैले पनि तिमी पढ् पैसाको चिन्त नगर्नु भने आखिर दुई शरीर भए पनि मन त एउटै भइसकेको थियो हाम्रो पब्लिक आवाज कर्मी संग मुस्कुराउदै भने । ५ लाख जति झ्वाम पारे हूला । ‘मन लागेको खाजा खान ३ चोटी सोचेर गोजी छाम्दा सूक्को नभेटिए पछि होस् ,अर्को दिन खाउँला भनेर चित्त बुझाउनु पर्ने अवस्थाको मलाई ५ लाख धेरै ठूलो रकम हो ‘। उनि अहिले कोरिया गए पछि लापत्ता छिन् ।  विहे गरेको सुनेको छु । म पनि के कम ? जसरी भए पनि कोरिया गएर देखाउछु भन्दै कीर्तिपुर कोठा लिएर मेहनत साथ पढ्दैछु । “तरुनीमा लगानी बालुवामा पानी रहेछ” विनोद नाम परिवर्तनले भने” ।

घट्ना ३ 

वसुन्धरा स्थित एक प्राइभेट ‘निजी’ स्कुलमा शिक्षण गर्दै आएका सोम बहादूर नाम (परिवर्तन)ले भने । सामान्य परिवारमा जन्मेको म +२ पछि अध्यनको लागि राजधानी छिरे । जसोतसो काम र अध्यनलाई एकै साथ दुखसुख गरेर स्नातकको अध्यन पुरा गरे ।  स्नातकोत्तर अध्यन संगै शिक्षण पेसा पनि सुरु गरे । गणित विषयको अध्यापन गराउने भएकाले स्कुल र ट्युसन बाट पनि राम्रै पैसा आउँथ्यो ट्युसन पढाउन जाने घर नजिककी एक युवती संग “लव” परे पछि जीवन स्वर्ग भइरहेको थियो ।

गरिब घरकी उनि पढइमा निकै लगनशिल थिइन् । काम गर्दै पढ्दै गरेकि उनि साँच्चिकै संसारकै उम्दा थिइन् । होम ट्युसन पढाउने घरले २५ हजार दिँदा पनि छोरीकोे पढाइप्रति शुन्य मोह थियो ।  काम गर्दै पढ्ने उनले पढ्न मात्रै पाइन भने  ठूलो सफलता हात पार्ने छिन् भन्ने सोचेर आफूले कमाएको सबै पैसा उनि माथि खन्याए । धेरै विश्वास गरेकोले मागेको बेला पैसा दिन कञ्जुस्याइँ गरिन । उनले पनि बेलाबेला औधि माया दर्शाएको भूल्नै सक्दिन । अन्ततः संगै अध्यन गर्ने केटा संग गइन् । पुन: एक्लो जीवन शुन्य बाट सुरु गर्दै छु दुखेसो पोखे ।

(सबै नारी प्रति उच्च सम्मान छ । तर केहि समाजमा भएका यथार्थ घट्ना उर्तान खोजिएको मात्र हो )। –जगदिश गिरी

फेसबुकबाट तपाईको प्रतिक्रिया