काठमाडौँ, तप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका ३ सिकैचाको जंगलमा एल मानव कंकाल फेला परेको छ । जिल्ल प्रहरी कार्यालय प्रमुख डिएस्पी संजयसिंह थापाका अनुसार उक्त कंकाल पुरुषको जस्तै देखिन्छ ।
स्थानियले हलो बनाउने काठ काट्न जंगल जाँदा उक्त कंकाल देखे पछि प्रहरीलाई खबर गरेका हुन् ।
फुलेको कपाल, कालो ज्याकेट, कलेजी रंगको सुरुवाल कलेजी रंगको सुरुवाल र साथै जुत्ता लगाएको अवस्थामा फेला परेको उक्त कंकाल दुई दिनदेखि ईलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको र कंकाल कसको हो भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।