काठमाडौँ, हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति पुर्याएको छ । उखता दुर्घटनामा कतिपयले आफ्नो ज्यान गुमाएका छन् भने धेरै मानिस घाइते भएका छन् ।
घाइते भएकाहरुलाई आईतबार राती वीरगञ्ज र कलैयाका अस्पतालहरुमा भर्ना गरिएको थियो । ति मध्य निकैलाई रगतको अभाव भएको बुझिएको छ । एकैसाथ ४ सय भन्दा बढी घाइते भएकाले उपचार सामाग्री र बेडका साथै रगतको समेत अभाव देखिएको छ ।
यसै स्थितिलाई मध्यनजर राख्दै विवेकशील साझा पार्टीले सोमबार बिहानै प्रेस वक्तव्य जारी गरेको छ । उक्त वक्तव्यमा बारा र पर्साको आँधीबेहरीमा परेर घाइते भएकाहरुको लागि रगतको अभाव भएको भन्दै तत्काल रक्तदान गर्न सबैमा आग्रह गरिएको छ ।
रगतको अभाव भएपछि आईतबार राति नै त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले रक्तदान समेत गरेका थिए । विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी उक्त प्रेस विज्ञप्तीमा उपचारमा अभाव नखड्कीयोस् भनि बेलैमा उद्धार कार्यमा खटिन सबैमा आग्रह गरिएको छ ।
प्रवक्ता आचार्यले चितवन र काठमाडौंबाट आफ्ना पार्टीका कार्यकर्ताहरु घटनास्थलमा खटिएका समेत बताएका छन् ।