पब्लिक आवाज /संवाददाता
कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिक निर्मला पन्तको अहिले पारिवारमै विवाद सुरु भएको छ । पन्तकी आमा लाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । घटनामा संकलन गरिएको डीएनए निर्मलाकै हो अथवा हैन् ? यकिन गर्नु पर्ने आवाज उठे पछि आमाबुवाको रगतको नमुना संकलनमा विवाद भएको हो ।
दुर्गा देवीले रगतको नमुना दिदा यज्ञ राजले दिएनन् उल्टै किन रगतको नमुना दिएको भन्दै श्रीमती माथि कुटपिट गरेका छन् । “यज्ञराजले बिहिवार किन रगतको नमुना दिएको भन्दै खाना बनाइरहेको बेलामा एक्कासी आएर कुटपिट गरेको ” दुर्गादेविले पन्तले पब्लिक आवाजसंग कुरा गर्दै भनिन् ।
कुटपिट गर्न थालेपछि आफु बाहिर आएको उनले बताईन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् । राहत बुझेपछि न्याय प्रभावित हुने बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीको तर्क छ । उता, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् ।
बावुु यज्ञराजले आफुले श्रीमतीलाई कुटपिट नगरेको दाबी गरेका छन् । किन सल्लाह नगररिकनै रगत दिएको र राहत बुझ्न तयार भएको भनि सोधेको उनले बताए । उनले भने, ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, अहिले किन यसो गरेको भनेको मैलेँ सोधेको मात्र हो ।’
आफु पुसको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए ।
दुर्गादेविले बुधवार निर्मलाको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्न आफ्नो रगतको नमुना दिएकी थिइन । रगतको नमुना दिदै उनले तीनै तहका सरकारले घोषणा गरेको राहत रकम बुझ्ने बताएकी थिइन । निर्मलाको परिवारलाई तीनै तहको सरकारले १८ लाख दिने घोषणा गरेको छ ।