‘सम्बन्धविच्छेद’ मुद्दा हाल्दा पनि विष्णु सँग नरित्तिएको एलिनाको माया

काठमाडौँ  । लोकप्रिय गायिका एलिना चौहान र उनका श्रीमान् बीचको सम्बन्धविच्छेद (डिभोर्स) मुद्दा दायर भए पनि एलिनाले अझै माया नरित्तिएको संकेत गरेकी छिन्।

 

सामाजिक सञ्जालमा सक्रिय एलिनाले केही दिनयता भावुक स्टाटसहरू पोष्ट गर्दै आफ्नो भावनालाई व्यक्त गरिरहेकी छन्।

 

निकट स्रोतहरूका अनुसार एलिनाले कानुनी रूपमा सम्बन्ध टुंग्याउने निर्णय गरिसके पनि मनबाट भने अझै टाढिन नसकेको बताइएको छ।

 

उनले एक अन्तर्वार्तामा भनेकी छिन्, “सम्बन्ध टुंग्याउनु मात्र समाधान होइन, भावनाहरू एकैचोटि मर्ने होइनन्।”

 

‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ,’ एलिनाले भनेकी छन्,‘

 

फ्यानहरू उनको यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै “एउटा सम्बन्ध टुंगिनुमा मात्र एकजनाको दोष हुँदैन” भन्ने टिप्पणी गरिरहेका छन्।

 

एलिनाको पछिल्ला गीतहरू पनि केही हदसम्म व्यक्तिगत जीवनको अवस्थासँग मेल खाने खालका देखिएका छन्, जसले श्रोताहरूको ध्यान तानिरहेको छ।

 

तपाईंको विचारमा सम्बन्ध टुंगिए पनि माया नरित्तिनु सामान्य कुरा हो कि यो भावनात्मक रूपमा कमजोर बनाउने कारक हो?

फेसबुकबाट तपाईको प्रतिक्रिया