पब्लिक आवाज /आलोक यादव
सिरहा । इलाका प्रहरी कार्यालय लहान अपराधी संरक्षणमा अगाडि देखिएका छन् । गलत गर्नेलाई कारवाही गर्नुको साटो गलत छलफललाई प्राथमिकता दिने गरेका छन् ।
प्रहरीले गलत गर्नेलाई कारवाही गर्नुपर्नेमा सरकारी कामकाजमा बाधा पुर्याउनेलाई समेत लहान प्रहरीले संरक्षण गरिरहेको छ । लहान नगरपालिका वडा नम्बर २० को कार्यालयमा तालाबन्दी गर्नेहरु विरुध कारवाही गर्न वडा समितिले निर्णय गरी निवेदन दिए पनि लहानका डिएसपी राजेश थापा न्यायधिस बन्ने कसरतमा अगाडि बढेका छन् ।
२० नम्बर वडाका वडाध्यक्ष गणेश चौधरी भन्छन -“निवेदन नदिदा निवेदन दिएन भने डिएसपी राजेश थापाले अहिले निवेदन दिदा पनि कारवाही गर्न चाहेको छैन” । उनले डिएसपी थापाकै कारण अपराध गर्नेहरुको मनोबल उच्च भइरहेको बताए ।
वडा कार्यालयले लहान २० का रामअवतार महतो लगायतका चार जना बिरुध लहान प्रहरीमा लिखित उजुरी दिएका छन् । तर लहान प्रहरीले कारवाही गर्न तयार देखिएका छैनन् ।
पटक पटक झै-झगडामा मुछिने राम अवतार महतो लगायतकालाई कारवाही हुनुपर्ने वडा समितिले निर्णय गरेपनि प्रहरीले भने आरोपितहरु राजनीतिक ब्यक्ति हुन वा होइन्न भने छुटयाउन लागेका छन् ।रामअवतार महतो लगायतका समुहले माघ ४ वडा कार्यालयमा तालाबन्दी गर्दै कर्मचारीलाई दुरब्यबहार गरेका थिए ।