सिरहा ,जेठ ३० गते । डिआइजी हरिबहादुर पालको अर्को धामाका स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालको आदेशमा प्रहरी टोलीले बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन्
। उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीले चेकजाँजको क्रममा दुवै खुट्टाको घुँडामुनि पिडौंलाको भाग, कम्मर, पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्की समेतमा लुकाइ राखेको अवस्थामा सो रकम बरामद गरेको हो। उनलाई बरामद नगदसहित प्रहरीले थप अनुसान्धनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाएको छ
डिआइजी पालको अर्को धामाका शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ







