काठमाडौँ, आज बिहिबार एक पत्रकार सम्मेलन गर्दै प्रा. डा. गोविन्द के सीले सात बुँदे माग अघि सारेका छन् । उनले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग पुनगर्ठन गर्न माग गरेका छन् । साथै आयोगमा पिडितका विश्वास जितेका विज्ञहरुलाई नियुक्त गरिनु पर्ने माग राखेका छन् ।
उनको साथ बुँदे मागको चौथो बुँदामा यस बारे उल्लेख गरिएको छ । बुँदामा भनिएको छ, ‘आयोग पुनर्गठन गर्दा विगतमा झैं दलीय भागवण्डाका आधारमा नभई पीडितको विश्वास जितेका योग्य र सक्षम विज्ञशरुलाई नियुक्त गरियोस् ।’