डाक्टर र अस्पताल प्रशाशनको चरम लापरवाही, समन्य ज्वारो आएको बिरामीको मृत्यु !

फाइल फोटो

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिका- ४ उतिमपुर निवासी इन्द्रेस चौधरीका अन्दाजी १७ वर्षीय छोरा शिवम चौधरी सामान्य ज्वारो आएर उपचारको लागी आइतबार दिउँसो करीब साढे ३ बजे जनकपुर अञ्चल अस्पताल आएका थिए ।

शुरुमा बिमारी चौधरीलाई इमरजेन्सीमा भर्ना गरिएको थियो । त्यसको दुई घण्टा पश्चात उनलाई वार्डमा शिफ्ट गरियो । वार्डमा शिफ्ट गरे पछि बिरामी चौधरीलाई कसैले पनि वास्ता गरेन ।

उन्ला भाई कृष्ण चौधरी रुँदै भन्छन्, ‘ इमरजेन्सीमा स्लाइन चढाएपछि वार्ड पठायो तर त्यहाँ कसैले हेरेन । अवस्था बिग्रिँदै गयो र भाईको मृत्यु भएपछि अंचल अस्पताले मृत्यु भएको पुर्जा थमाइदियो । ‘

यस्तोमा पिडित परिवारले अस्पताल माथि उपचारमा लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालको लापरवाही यति सम्म थियो कि इमरजेन्सी पुर्जामा बिरामीलाई कुन-कुन औषधि प्रयोग गरिएको हाे साे लेखिएको छैन भने कार्डियो प्लामीनरका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

घटना पश्चात पिडित पक्षले अस्पतालविरूद्ध नाराबाजी र हो-हल्ला गरेका थिए । उनीहरुले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया