ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौं: प्रकाशमान सिंह

काठमाण्डौ / आज संसद बैठकमा बोल्दै उनले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताएका छन्। ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गरेका छन्।

उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया