काठमाडौँ, मंगलबार दिउँसो ट्याक्टरको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा एक पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुने पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेल रहेका छन् ।
मे १ त ५००६ नम्बरको त्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्रयाक्टरले उत्तर–दक्षिण भित्री सडकखण्डमा प्याकुरेललाई ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् ।
प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।