काठमाडौँ, आज मंगलबार बिहान करिब साढे ९ बजे तिर पूर्वबाट आइरहेको ना४ख ९९८१ नम्बरको ट्रकले पश्चिमतर्फ गइरहेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन् ।
घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका–८ का ४० वर्षीय होमबहादुर मगर रहेका छन् भने घाइते हुनेमा मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरका अनुसार घाइतेको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । ( रासस )