काठमाडौँ, काठमाडौँको टोखामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार बिहानै टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा अन्दाजी २४–२५ वर्षको पुरुषको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणीन्द्र प्रसाईंले जनाएका छन् ।
स्थानियबासीले मृतकको शारिरमा चित्पतक भएकोले हत्या भएको हुन सक्ने आशंका गरेता पनि प्रहरीले घटनाको अनुसन्धान नगरी मृत्यु कारण बताउन नसकिने बताएको छ ।
डिएसपी प्रसाईंले भने, ‘ सडक किनारको खोल्सा छेउँमा शव भेटिएको हो, अनुसन्धान भइरहेको छ । ‘