पब्लिक आवाज /समंवाददाता
टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरी आज शपथ ग्रहण गर्ने भएका छन् । संसद सचिवालयको बिहीवार (आज) साढे ११ बजे रहेको शपथ ग्रहणको कार्यक्रम विविध कारणले सरेको हो ।
कैलालीको टीकापुर हत्या काण्ड पछि भारतका लुक्दै आएका चौधरी राजपा बाट प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं. १ बाट भारी मतले विजयी भएका थिए । विजय भए पछि शपथ ग्रहण गर्ने आएका बेला उनि पक्राउ पेरका थिए । पक्राउ परे लगत्तै उनलाई पूर्वपक्षका लागि थुनामा राखिएको थियो ।
टीकापुर घटनाको मुद्दामा फररा रहेकै अवस्थामा वारेशनामामार्फत प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी दर्ता गरेका चौधरीले प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । । टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । सो घटनाको पछि चौधरी भारतमा लुक्दै आएका थिए ।