टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, मोरङमा टिप्परको ठक्करबाट १ को मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा बिहिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुने केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेत रहेका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेत गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । दिउँसो करिन १२:३० बजे उनको उपचार कै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

डीएसपी श्रेष्ठका अनुसार टिपर र चालक धनुषा पुस्कलपुरका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनाको विरोधमा स्थानीय बासिन्दाले खोर्साने–केराबारी सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास गरेका भएता पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक भने बन्द गर्न नदिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया