काठमाडौँ, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नंं.को मोटरसाइकललाई ठक्कर दिँदा प्राध्यापकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार देवदह घर भएका अन्दाजी ५० बर्षिय बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक डोलराज अर्याल गम्भीर घाइते भएका थिए । घाइते अर्याललाई उपचारको निम्ति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
५ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा उपचारको क्रममा सोमबार राती ८ बजेतिर उनको मृत्यु भएको हो । उक्त टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।