काठमाडौँ, केही दिन अघि मात्र प्रहरीले अनामनगरबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई पक्राउ गरिएको थियो ।
ढकालको रिहाईको माग गर्दै अखिल (क्रान्तिकारी)ले जेष्ठ ५ गते आमशैक्षिक हड्तालको घोषणा गरेको छ । शुक्रबार काठमाडौँको अनामनगरमा ११ बिद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनबाटै अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि अखिल (क्रान्तिकारी)ले त्यसको बिरोधमा शैक्षीक हड्तालसहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
सोही दिन प्रेस विज्ञप्ती जारी गर्दै अखिल (क्रान्तिकारी)ले देशव्यापी कोणसभा , देशव्यापी विरोध प्रदर्शन लगाएतका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।