काठमाडौँ, बैतडीमा जिपबाट खस्दा बिहिबार साँझ करिब ६ बजे एक जनाको मृत्यु भएको छ ।
गिरेगडाबाट देहीमाण्डौं आइरहेको म १ ज ११९ नम्बर जिपमा सवार अन्दाजी ४० बर्षीय पुरुष जिपबाट खसेर घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका ६ का घाइते राज कोलीलाई उपचारको लागी ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीका अनुसार बाटैमा कोलीको मृत्यु भए पश्चात चालक जनक जोशी भागेका थिए ।
जोशीलाई हाल प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ । घटना बारे थप अनुसन्धानको लागी प्रहरी टोली घटनास्थल तर्फ लागेको उनले बताएका छन् ।