जन्ती बोकेको जीप दु’र्घटनामा चारको मृ’त्यु

फाईल फोटो

जाजरकोट, १३ मङ्सिर / जन्ती बोकेको जीप कच्ची सडकमा दु’र्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृ’त्यु भएको छ ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दु’र्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृ’त्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिनुभयो । दु’र्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घा’इते रहेको उहाँले जानकारी दिनुभयो । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया