जन्ती चढेको गाडी दु’र्घटना, बेहुलाबेहलुीसहित १३ घा’इते

फोटो फाईल

सुदूरपश्चिम, १८ मङ्सिर/  धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दु’र्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घा’इते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दु’र्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घा’इते हुनुभएको छ । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चो’ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।

घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया