काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए ।
चुनावअघि समाजवादी केन्द्र बन्दैन, आगामी चुनावपछि सम्म यही गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताएका छन् ।
प्रचण्डले भने– ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन्, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन् भन्ने छानविन समितिको रिपोर्ट आएको छ ।’ प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गरे ।