जनता अन्धकार मा बसाल्ने ठुलो चलखेल हुदैछ : कुलमान घिसिङ !

फाइल फोटो

काठमाडौँ, आज नेपाल विद्युत् प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने नमसाया राखिएको बताए ।

साथै उनले उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै कसैले नभएको विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच राखेको भए त्यसलाई सफल हुन नदिने समेत स्पस्ट पारे ।

आफुले नियम अनुसार पाउने भत्ता र नया सुबिधा बाहेक केहि नलिएको र तथ्य नै नबुझी गलत प्रचार गरेको समेत दावी गरे । उनले भने, ‘ प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक टे “ड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ । ‘

साथै उनले विगतमा प्राधिकरणको व्यवस्थापनसँग मिलेर विद्युत् कटौती गर्ने, नागरिकलाई अँध्यारोमा राख्ने नै पुनःसल्बलाउन खोजेको हुँदा त्यस्ता प्रवृत्तिलाई पाखा लगाउन प्राधिकरणका ग्राहक तथा सञ्चारकर्मीको सहयोगको अपेक्षा राखेको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया