काठमाडौँ, मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले जनताको रगतद्वारा प्राप्त अधिकारहरु केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको बताएको छ ।
उक्त विज्ञप्तीमा विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर आफ्नो पार्टीको धारणा प्रस्तुत गरेको छ ।
नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको पनि विज्ञप्तीमा उल्लेख छ ।
सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सरकारले संचार माध्यमलाई नियन्त्रण गर्न खोजेको विज्ञप्तीमा उल्लेख छ ।