जति कडा नीति त्यति बढ्दो दुर्घटना, भक्तपुरमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, प्रत्येक दिन हामी कुनै न कुनै स्थाममा सवारी दुर्घटनाको समाचार सुनी नै रहेका हुन्छौँ । बढ्दो नीति नियमको साथ दुर्घटना पनि बढ्दो नै रहेको छ ।

आज फेरी अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा कार र मोटरसाइकल बीच दुर्घटना भएको छ । जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आईतबार दिउँसो बा१९प ५०८९ नम्बरको कारले बा४९प ५४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । यस दुर्घटनामा काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय मोटरसाइकल चालक दीपेन्द्र लामाको मृत्यु भएको छ ।

यस बारे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । दुर्घटनाको क्रममा मोटरसाइकल चालक र पछाडी बसेका काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गी घाइते भएका थिए ।

घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । घाइते खड्गीको भने अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया