छोरी लिन गएका दुल्हा आमा लिएर फर्किए !

एजेन्सी, भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा दुलहिले वरमाला पहिर्याउन नमानेपछि आमा नै विवाह मण्डपमा बसिन् । भारतीय मिडिया अनुसार १२ कक्षा सकेर बसेकी १७ बर्षिया उक्त युवतीले अधबैंसे दुलहालाई देखेपछि विवाह अस्वीकार गरेकी हुन् ।

वरमाला पहिर्याउन स्टेजमा पुगेकी युवतीले आफूमाथे धोका भएको भन्दै वरमाला दुल्हातर्फा फ्याँकेर विवाह नगर्ने ढिपी गर्न थालिन् । यो सब देखेर विवाहमा आएका पाहुना एक-अर्काको मुखामुख गर्न थाले । आमाको निकै दबाबमा पनि विवाह गर्न नमानेपछि दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । तर दुल्हा आफुलाई देखाइएको व्यक्ति  नभएको भन्दै उनले विवाह गर्न नमानेकी हुन् । छोरीले विवाह गर्न नमानेपछि सबैलाई छाडेर आफैं दुलहासँग आगरा गइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया