छोरीले दलित नोकर मनपराए पछि दाईको घाँटि रेटेर हत्या,भाईलाई प्रहरीले कारागार भित्रै मार्यो ? दोहोरियो दोश्रो नबराज हत्या काण्ड, ११ लाखको खेलमा हीरासत भित्र अर्को हत्या (भिडियोसहित)

काठमाडौं, १२ भदौ । रौतहटमा २० वर्षका निरञ्जन राम चमारको ज्यान लिएको अभियोगमा ७ जना पक्राउ परेका थिए । ७ जना मध्ये विहीबार एक जनाको रहस्यमय निधन भएको छ । निधन भएका २० वर्षीय विजयराम रहेका छन् ।

निधन भएका विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा निधन भएको भनिए पनि रौतहटका एक जनप्रतिनिधिले प्रहारीको मिलेमतोमा उनको हत्या गरिएको आरोप लगाएका छन् । उनको निधनपछि उच्च पदमा रहेका प्रहरीले ११ लाखको बर्गेनिङ्ग गरि हीरासत भित्र नै हत्या गरेको आरोप उनले लगाएका छन् ।

यसका अघि पक्राउ परेका छोरालाई प्रहरीले दिएको यातना सहन नसकी उनको उपचारका क्रममा निधन भएको विजयरामका बुबा पनिलालले पनि आरोप लगाएका थिए ।

गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको अभियोगमा उनकै साथीहरुले धारिलो हतियार प्रयोग गरी ज्यान लिएका थिए । अनुसन्धानका क्रममा उनीहरु घटनामा संलग्न भएको खुलेपछि सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित सात जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया