छुट्टिमा घर जाँदै गरेका प्रहरी हवल्दार कुटिए, प्रहरीबाटै उजुरी लिन अस्वीकार !

रोल्पा । रोल्पामा एक प्रहरी हवल्दार कुटिएका छन् । रोल्पा नगरपालिका ६ स्थायी घर भएका प्रहरी हवल्दार रामकुमार बाँठा मगर बिदामा घर फर्कदै गर्दा बाटोमा कुटिएका हुन् ।

पालिकाको जिबाङस्थित अनेरी खोलामा स्थानीय राजनीतिक दलको नेतृत्वमा आएको टोलीले मगरमाथि कुटपिट भएको हो ।गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रहेका खेमबाबुराज डिसी नेतृत्वको टोलीले उनीमाथि आक्रमण गरेको हो ।

निर्वाचनमा उनी पराजित भएका थिए । हवल्दार मगरले आफूमाथि भएको कुटपिटबारे उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन मानेको छैन । आफ्नै संगठनका सदस्यमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी प्रशासन भने मौन बनेको छ ।

घटनालाई जिल्लास्थित राजनीतिक दलको दबाबमा प्रहरीले धाकछेप गर्नै प्रयास गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया