काठमाडौँ, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ३ निवासी हरेकृष्ण रोहिताले आफूहरुको हिँडडुल गर्ने बाटो नै बन्द गरिदिएको भन्दै ५० परिवारले मिलेर आईतबार पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका हुन् ।
उनीहरुले आईतबार अपरान्ह करिब ४ बजे देखि लगभग एक घण्टा भारदहस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । पीडित बिन्देश्वर राउतका अनुसार रोहिताले एक बर्ष यता आफूहरुको बाटो नै अवरुद्व गर्ने किसिमले घेराउ गरेको र पटक–पटक भन्दा पनि नखोलेका कारण यो कदम चाल्नु परेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बाटो खोलाइदिने प्रतिबद्वता जनाएपछि उनीहरुले चक्काजाम खोलेका थिए ।