काठमाडौँ, भारतको उत्तर प्रदेशमा बलात्कारको आरोपमा ३० बर्षीय महिला पक्राउ परेकी छिन् । उनि माथि छिमेकीको १३ बर्षीय छोरालाई बाँधेर बलात्कारको प्रयास गरेको आरोप छ ।
उनि माथी जबर्जस्ती करणीको साथै कुटपिटको मुद्दा चलाइएको छ । पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ । घर नजिकै चौरमा खेल्न गएको बालक अबेर सम्म घर नफर्के पश्चात उनलाई खोज्न गएकी उनकी आमा समयमा नपुगेको भए उक्त महिलाले बलात्कार गरिसक्ने बताइएको छ ।
पिडित बालकलाई आरोपी महिलाको घरमा बन्धक बनाएर राखेको अवस्थामा फेला पारे पश्चात यो घटना बाहिरिएको हो । उक्त मिहलाले फकाउँदा बालकले नमाने पछि जबर्जस्ति बलात्कारे गर्न खोज्दा बालकको उद्दार भएको हो ।
त्यस पश्चात पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेको हो । उजुरी आए पश्चात प्रहरीले उक्त महिलालाई पक्राउ गरि अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।