चिनियाँ ड्याम डिप्लोम्यासी र दक्षिण एसियामा प्रभाव

  लेखक : चक्र प्रसाद ढुंगाना

  चिनियाँ ड्याम डिप्लोम्यासी र दक्षिण एसियामा प्रभाव

विश्व बैंकका उपाध्यक्ष ईस्माईल सेरागेल्डिनको भनाईमा अर्को विश्वयुद्ध भएमा त्यो पानीका लागि हुने छ । यसै भनाईको आसपासमा यो लेखबाट एसियामा चिनको पानी उपरको कुटनिति र यसबाट सिर्जना हुन सक्ने द्धन्द्धलाई उजागर गर्ने प्रयास गरिएकोछ ।
चिनियाँ विकासको नया मोडेल आक्रामक लगानीको मोडेल हो । यस मोडेल बमोजिम चिनले हाल सम्मको मानव ईतिहासमा कुनै पनि देशले निर्माण गर्न नसकेका ठुला ठुला पुर्वाधार परियोजनाहरु निर्माण गरेको छ । बाकी विश्वको पुरै ड्याम भन्दा बढी चिनले विगत केही वर्षमा बनाएको ड्यामहरु ठुला र संख्यात्मक रुपमा धेरै छन् ।

एसियाका धेरै जसो ठुला नदीहरु चिनका ठुला ड्यामबाट प्रभावित हुने छन् ।
आजको विश्वमा फ्रेस पानीको श्रोत सिमित रहेको छ । यसैको प्रयोग उपर विभिन्न राष्ट्र्रहरुले आ आफ्नो दावी सिर्जना गर्नाले विश्व द्धन्द्ध तर्फ उन्मुख भएको छ । विसौ शतावदीको तेलको विश्वराज निति एक्काईसौ शताव्दीमा पानी राजनितिमा रुपान्तर हुने संघारमा रहेको छ ।
पृृथ्विको कुल जल भण्डारन मध्ये करिव ९७ प्रतिशत पानी समुन्द्रमा रहेका छ । बाँकी ३ प्रतिशत पानी मध्ये करिव २ प्रतिशत पानी पृथ्विीको उत्तरी र दक्षिणी गोलार्ध तथा हिमाल र हिमनदीहरुमा रहेको छ । बाँकी रहेको केवल १ प्रतिशत मात्र पानी प्रयोगका लागि उपलब्ध छ । सो मध्ये पनि केहि पानी भुमिगत रुपमा रहेको छ र केहि अत्याधिक प्रदुषित अवस्थामा छ । उपलब्ध भएको पानी पनि पृथ्विीमा समान रुपमा वितरण भएको छैन । एक ठाँउमा रहेको फ्रेस पानीलाई सजिलै तरिकाले अन्यत्र ढुवानी गर्न पनि सकिदैन । यसबाट के वुझिन्छ भने पृथ्विीमा अथाह पानी भए तापनि मानव प्रयोगका लागि फे्रस पानी अत्यन्त न्युन मात्रामा छ र त्यहि दुर्लभताका कारण अवको विश्व राजनिति पानी कुटनिति तर्फ अग्रसर भएको पाईन्छ ।

आजको एसिया पृथ्विीको सबै भन्दा ठुलो र अत्याधिक दु्रत गतिमा वृद्धि भईरहेको महाद्धिप हो । फ्रेसवाटरको प्रतिव्यक्ति उपलब्धताको आधारमा एसियामा सबै भन्दा कम पानी उपलब्ध छ । यद्यपि समग्र परिमाणका आधारमा भने एसिया सबै भन्दा ठुलो फ्रेस पानीको महादेश हो । मासाचुसेट्स ईन्टिच्युट अफ टेक्लोलोजीले प्रकाशन गरेको एक रिपोर्टमा उल्लेख भए बमोजिम एसियामा ३९२० क्युविक मिटर प्रतिव्यक्ति प्रतिवर्ष फे्रस पानी उपलब्ध छ जुन संसारका अन्य महादेशहरुको तुलनामा अत्याधिक न्युन हो । हालको अवस्थाले मात्र होईन की एसियाको बढ्दो जनसंख्या र औदोगिकरणका कारणले उक्त श्रोतमा गिरावट आउने हुनाले अवको ५० वर्षमा एसियाले भयावह पानीको अभाव भोग्नु पर्ने तर्फ विभिन्न अध्ययनले सचेत गराएका छन् । अवको ५० वर्षमा ४ जना मध्ये ३ जना एसियन मानिसलाई फ्रेस पानीका लागि तड्पिनु पर्ने अवस्था आउनेछ । यस अवस्थाले एसियामा पानीको लागि युद्ध हुने संभावना बढ्ने छ ।

पृथ्विको सबै भन्दा बढी फ्रेस पानी भएको ताल बैकाल ताल हो । यो रसियाको साईवेरियामा पर्दछ । यसै तालले पृथ्विीको २३ प्रतिशत फ्रेस पानीको हिस्सा ओगटेको छ । यस तालले उत्तरी अमेरिकाका सबै ग्रेट तालहरुको सबै फ्रेस पानी भन्दा बढी पानी ओगटेको छ । पृृथ्विीमा देशको हिसावमा सबै भन्दा बढी फ्रेस पानी वा्रजिलमा रहेको छ । रसिया दोस्रो ठुलो फ्रेस पानीको देश हो ।
अव हामी चिन तर्फ प्रस्थान गरौ । चिनको भैगोलिक अवस्थाले यसलाई फ्रेस पानीको लागि अत्यन्त लिभेरेज प्रदान गरेको छ । अथाह नदीहरुको उत्पत्ति चिनमा हुने भएकाले तिनलाई नियन्त्रण गरी चिनले आसपासका देशहरुमा प्रभाव पार्न खोजेको देखिन्छ । उक्त नदीहरुलाई नियन्त्रण गर्नका लागि चिनले मानव ईतिहासमा सबै भन्दा छोटो अवधिमा सबै भन्दा बढी र ठुला ड्यामहरु बनाएकोछ । बाँकी विश्वका पुरै ड्यामहरु भन्दा चिनले केही समयमा बनाएका ड्यामहरु मात्रात्मक रुपमा बढी छन् ।

हाल चिनमा करिव ८७००० ड्यामहरु छन् । यसरी हेर्दा १९४९ देखि हाल सम्ममा बनाएका ड्यामहरु हेर्दा प्रतिदन १ भन्दा बढी ड्यामहरु चिनमा बनि रहेको छन् । उपरोक्त ड्यामहरु मध्ये एक तिहाई भन्दा बढी ड्यामहरु उच्च र ठुला स्तरमा बाँधहरु रहेका छन् । त्यसता ड्यामहरुको औषत उचाई १६ मिटर भन्दा बढी रहेको छ । चिनले तिव्वतन उच्च समस्थलीमा रहेका सबै नदिमाथि पुर्ण नियन्ज्ञण हासिल गरेको छ । विश्वको दोसा्रे बढी ड्यामहरु भएको देश अमेरिकामा करिव ५५०० ड्यामहरु छन् । त्यसैले चिन र अमेरिकाको डयमको संख्यातमक रुपमा हेर्दा अमेरिका निक्कै पछााडि देखिएको छ । चिनले बनाएको ड्यामको संख्या र गुणात्मकता हेर्दा चिनले आफ्नो सम्पुर्ण नदि प्रणाली उपर पुर्ण रुपमा नियन्त्रण लिन सक्षम भएको देखिन्छ ।

यसरी हेर्दा चिनको विकट भौगोलक अवस्थाका वापजुत पनि चिनिया भुमिमा रहेको ठुला ठुला नदिहरुको कारण यसलाई फ्रेस पानीको वरदानका रुपमा लिन सकिन्छ । चिनको भुगोल हेर्ने हो भने पुर्व तर्फ नै बढी जनसंख्या रहेको छ । सबै नदिहरु तिव्वतन उच्च समस्थलिमा उत्पत्ति भई पुर्व तर्फ बगेर पुर्वि चिन सागर तथा दक्षिण चिन सागरमा समाहित हुन्छन । यसरी हेर्दा चिन आफ्नो घना बस्तीयुक्त क्षेत्रमा पानीलाई डाईभर्ट गर्न चाहन्छ । यसबाट वरीपरीका अन्य देशहरु जो तल्लो तटवर्ति क्षेत्रका रुपमा रहेका छन् तिनको अर्थतन्त्र र जन जिवनमा प्रत्यक्ष प्रभाव पर्ने छ । जसबाट चिनिया सरकारे ति देशसंग बार्ता गर्न तथा कुटनितिक लाभ लिनका लागि सुविधाजनक स्थितिमा हुनेछ जसलाई यहा ड्याम कुटनितिका रुपमा लिईएकोछ ।

चिनको ड्याम नीतिले अन्तरदेशिय नदीहरुको पानीलाई आन्तरिक नदीहरुमा सार्ने तर्फ उद्धृत भएको पाईन्छ । चिनमा उत्पत्ति हुने मेकोङ्ग, साल्विन, ब्रह्मपुत्र, ईत्र्यास, ईल्ली तथा अमुर जस्ता ठुला नदीहरु माथिको ड्यामले वास्तवमा एसिया क्षेत्रमा चिनको ड्याम कुटनितिलाई एक औजारका रुपमा लिएको पाईन्छ । जसरी पर्सियाको खाडिाका आसपासका देशहरुमा अथाह तेलको भण्डारण हुनाले उनीहरु कुटनिितक रुपमा सफल स्थानमा रहेका छन् ठिक त्यस्तै गरी एसियामा चिन धेरै जसो नदीहरुमाथी नियन्बण गर्ने हुनाले सोही स्थितिमा रहेको छ । किनकी यस्ता ठुला नदीहरुमाथि बनाईएको ठड्यामले त्यस्ता अन्तराष्ट्र्रिय नदीको पानी भित्री चिन तर्फ फर्काउने भएकाले आसपासका देशहरुमा पानी संकटलाई बढनउन सफल हुने देखिन्छ ।
विश्वकै अग्लो तिव्वतको पठारमा एसियाका अधिकांश नदीहरुको उत्पत्ति भएको छ । त्यसैले तिव्वतलाई वाटर टावरका रुपमा लिईन्छ । यसबाट उत्पत्ति भएका नदीहरु दक्षिण एसिया तथा दक्षिण पुर्वि एसियामा बग्ने हुँदा त्यो क्षेत्रको नियन्त्रणले डाउनस्ट्रिम क्षेत्र माथि सहजै नियन्त्रण गर्न सकिने स्थितिमा चिन रहेको छ ।

चिनको तिव्वतमा उत्पत्ति भई भारत हुदै बंगलादेशमा गई बंगालको खाडिमा समाशित हुने ब्रह्मपुत्र नदीलाई चिनमा सांपो नदी भनिन्छ । यो नदि भारतको पुर्वौत्र राजयहरुको लाईफ लाईन हो । उक्त नदीमा चिनले जंग्मु नामको एक ठुलो ठ्याम २०१० मा बनाएको छ । उक्त ठ्यामले ब्रह्मपुत्र नदीमा चिनको पुर्ण नियन्त्रण कायम भएको छ । त्यत्ति मात्र होईन ब्रह्मपुत्रको आसपासबाट केहि नदीहरु नेपालमा पनि प्रबेश गर्दछन् । सहायक नदिहरुमा पनि चिनले स साना ड्याहरु बनाई ब्रह्मपुत्र नदी प्रणालीलाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएकोछ । यसबाट भारतमाथि ठुलो दवाव परेको छ । भारतको पुर्वोत्तर राज्यहरु मरुभुमिकरणको संघारमा जाने चिन्ता बढेको छ । किनकी भारतको यि नदी माथि कुनै नियन्त्रण छैन । सम्पुर्ण रुपमा चिन माथि निर्भर रहनु परेको छ ।

२०१७ मा ब्रह्मपुत्र नदीको हाईड्र्रोलजिकल तथ्यांक दिनमा चिनले आनाकानी गरेकोले भारतमा ठुलो हाहाकार मच्चिएको थियो । ड्यामको पानी छोड्ने सम्बन्धमा भारतलाई सुचना दिनु पर्ने सम्झौता तथा प्रचलित मान्यता बमोजिम पनि सुचना नदिनाले भारतका पुर्वोत्तर राज्यमा ठुलो क्षति भएको थियो । यसबाट कसरी नदीलाई हतियारको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने देखिन्छ । भारत तथा चिनमा बग्ने सिन्धु तथा सोका सहायक नदिहरु पनि चिनको भुमिबाट उत्पत्ति हुने हुनाले पाकिस्तान तथा भारतमाथि ठुलो दवाव सिर्जन ागर्न सक्दछ ।
चिनमा उत्पत्ति भई बर्मा, लाओस, भियतनाम, थाईल्याण्ड तथा कम्वोडिया हुदै सागरमा खसने मेकोङ्ग नदि दक्षिणपुर्वि एसियाको लाईफ लाईन हो । यो नदी माथि हाल सम्ममा चिनले ८ वटा ठुला ड्याम बनाएको छ भने अरु २० ओटा ड्यामहरु निर्माणाधिन अवस्थामा छन् । कुल २८ ड्यामबाट उक्त नदी पुर्ण रुपमा चिनको नियन्त्रणमा आउने छ । जसबाट सम्पुर्ण इृण्डोचिन क्षेत्रको जल श्रोतमाथि चिनको कब्जा हुने निश्चित छ ।
सुख्खा न्युन जलश्रोतको मध्य एसिया क्षेत्रमा बग्ने ईल्ली र ईर्तिस नदिहरुमा पनि चिनले ठुला ठुला ड्यामहरु बनाएको छ । कजखस्तानको बालकस तालमा मिसिने इृल्ली नदीमा पानी माथी नियन्त्रण गर्नाले उक्त ताल सुख्ने खतरामा छ । कजखस्तानको अस्तानाको खाने पानीको मुख्य श्रोतका रुपमा रहेको ईर्तिस नदि पनि चिनको नियन्त्रणमा रहेको छ ।

यसबाट के देखिन्छ भने एसिया क्षेत्रलाई भावी पानीको संकटबाट मुक्त गराउनका लागि चिनको ठुलो हाल रहने छ । एसियाका ठुला नदीहरुमाथी चिनको नियन्त्रण रहनाले यसको समानुपातिक प्रयोगमा चिनले उदार भावनाले हेर्न जरुरी छ । पानीलाई मानविय आधारमा प्रयोग गर्नका लागि यस क्षेत्रमा ठुलो गोलमेचको आवश्यकता छ । दुखको कुरा के छ भने यस्तो विकराल समस्यालाई समाधान गर्नका लागि यस क्षेत्रका मुख्य शक्तिहरु विचमा कुनै सन्धी सम्झौता तथा सहमति बनेको देखिदैन । यसबाट चिनलाइै कुटनितिक फाईदा त पुग्ला तर कालान्तरमा द्धन्द्धको सिर्जना हुन जाने भएकाले यसको उपयोगमा सम्बद्ध सबै पक्षहरुले बेलैमा सचेत रहनु पर्दछ ।

चक्र प्रसाद ढुंगाना , लेखक बेईजिंग विश्वविद्यालयबाट स्नातकोत्तर हुनु हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया