काठमाडौँ, नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा सहभागी १५० डाक्टर मध्ये ११० जना फेल भएका छन् । यो समाचार अतुल मिश्रले कान्तिपुरमा लेखेका छन् ।
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा चिनमा चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस मेडिकल डिग्री हाँसिल गरेका सहभागी परिक्षार्थिहरुमा लगभग ७३ प्रतिशतभन्दा बढी परिक्षार्थिहरि फेल भएका छन् ।
काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकाहरुमा केहि समस्या नभएको तर निजीमा डाक्टरी पढ्न विद्यार्थीहरु नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।
यस परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा डाक्टरी पढेर आएका विशेषज्ञ डाक्टरहरु सहभागी भएका थिए । सहभागी मध्ये ४० प्रतिशत फेल भएका थिए ।