चिनको अफ्रिका दौड र थुसिडाईसियन संकट

लेखक : चक्र प्रसाद ढुंगाना

चिनको अफ्रिका दौड र थुसिडाईसियन संकट

आजको चिन अत्यन्त ठुलो आर्थिक क्षमताको देशका रुपमा उदायमान भएको छ । यसको अर्थतन्त्रको विकास तिव्रतर गतिमा भई रहेको छ । वजार विस्तारका लागि चिनलाई आजभोली नया बजारको खोजी गर्नु परेको छ । उत्पादनका लागि कच्चा पदार्थको निरन्तर उपलब्धता प्राप्त गरी राख्न आवश्यक हुन्छ । त्यस अर्थमा चिन आज विश्वका हरेक कुना काप्चामा आर्थिक संभाव्यता, कच्चा पदार्थको उपलब्धता र बजारको पहुँचका लागि निन्तर प्रयाशमा लागेको देखिन्छ । वेल्ट एण्ड रोड ईनिसियटिभ पनि यसैको एक औजारको रुपमा उदाएको देखिन्छ । यसरी हेर्दा चिन एक आर्थिक र सामरिक शक्तिका रुपमा उदायमान हुदै गर्दा विद्यमान विश्वशक्ति राष्ट्र्रसंग कैयौ मोर्चामा टकरावको अवस्था देखिन जाने संभावना छ । यस लेखमा अफ्रिकामा चिनको दौड र शक्ति राष्ट्र्संगको प्रतिस्पर्धालाई केलाउने प्रयाश गरिएको छ ।

चिन अफ्रिका सम्बन्धको अध्ययन गर्दा चिनको आधुनिक ईतिहास तर्फ फर्कनु पर्ने हुन्छ । प्रथम विश्व युद्ध पश्चात चिन आन्तरिक गृहयुद्धमा नराम्रोसंग फसेकमो थियो । दोस्रो विश्वयुद्धमा जापानबाट नराम्रोसंग हार व्यहोरे पश्चात जापानीहरुले चिनियाँ समक्ष १९४५ मा निशर्त आत्मसपर्पण गरे । सो समयमा चिनमा राष्ट्र्रवादी नेता चाङ्गकाई सेकको शासन चलिरहेको थियो तर माओ जेदुङ्गको नेतृत्वमा कम्युनिष्टहरुको आन्दोलन पनि चलिरेहेका थियो । राष्ट्रबादी र कम्युनिष्टहरुको विचको वेमेलले १९४५ देखि गृहयुद्धले भयानक स्वरुप धारणा गर्यो । र १९४९ मा कमयुनिष्टहरुको जित भयो । सो जितसंगै चिनको मुख्य भुमिमा जनबादी गणतन्त्र चिनको सथापना भई शासन संचालनमच आयो भने सो गृहयुद्धमा हारेका राष्ट्र्रबादी नेता चाङ्गकाई सेक तथा उनका समर्थकहरु मुख्यभुमिबाट भागेर ताईवान स्ट्र्रिटको पारी पट्टी रहेको फर्मोसा आईल्याण्डमा गई सोही आईलयाण्डमा शासन सत्ता स्थापित गरे । माओको नेतृत्वमा रहेको जनवादी गणतन्त्र चिनले फर्मोसामा कुनै ध्यान दिएन ।

सो समयमा शितयुद्धको प्रारम्भ भई सकेकोले पश्चिमा अमेरिकी खेमाले कनटेनमेन्ट नीति अवलम्बन गरि सकेको थियो । सो नीति अन्तर्गत फर्मोसा आईल्याण्ड जुन हालको ताईवान हो लाई पुर्ण सहयोग र समर्थन गर्यो । र आधिकारिक चिन गणराज्यको शासकका रुपमा चाङ्गकाई सेसकलाई मान्यता दिईयो । यसबाट दुईओटा चिनको उदय हुन पुग्यो । संयुक्त राष्ट्र्रसंघ लगायतका अन्तराष्ट्र्रिय संसथाहरुमा ताईवानले प्रतिनिधित्व पायो । पशिचमाहरुको सहयोगमा ताईवानले विकासको गति लिदै गयो र एसियन टाईगरका रुपमा उदय हुन पुग्यो । चिनको आधिकारिकताको विवाद १९७१ सम्म कायम रह्यो । सोभियत र चिन विचमा बैचारिक वेमेलको अवस्था सिर्जना भएको अवस्थामा हेनरी किसिन्जरको सक्रिय कुटनीतिका कारण १९७२ मा अमेरिकाले मुख्य भुमि चिनलाई मान्यता दिन पुग्यो भने ताईवान संगको सम्बन्ध अनौपचारिकतामा सिमित भयो ।

चिन अफ्रिकाको सम्बन्ध एक चिन नीतिसंग जोडिएको पाईन्छ । संयुक्त राष्ट्र्रसंघ लगायतका अन्तराष्ट्र्रिय संस्थाहरुमा चिनको प्रवेश र चिनको मान्यताका लागि अफ्रिकाका देशहरुको ठुलो भुमिका रहेको पाईन्छ । चिनको आधिकारिकताको लागि मेनलयाण्ड चिन र ताईवान दुवैको अफ्रिका दौडा १९६० को दशकमा शुरुवात भयो । जव अफ्रिकाका विभिन्न देशहरु स्वतन्त्र देशका रुपमा उदय हुन थाले । ५४ भन्दा बढी देशहरु रहेको अफ्रिका महादेशको समर्थन पाउनु अन्तराष्ट्र्रिय जगतमा दुवै चिनका लागि ठुलो उपलब्धी हुन सक्थ्यो । बेईजिङ्ग र ताईपेईले अफ्रिकाका स्वतन्त्रता प्राप्त देशहरुलाई आफ्नो पक्षमा पार्नका लागि अफ्रिकाको दौड शुहरु गरेको पाईन्छ ।
१९६० को दशकमा ताईवान चिन भन्दा बढी प्राविधिक रुपमा विकसित थियो । पश्चिमाहरुको सहयोगमा यसले कृर्षि, र औदोगिकरणमा अभुतपुर्व सफलता प्राँप्त गरेको थियो । आफुसंग भएको पुजि र प्रविधि मार्फत ताईवानले नया अफ्रिकी देशहरुलाई ठुलो सहयोगको थालनी गर्यो । अफ्रिकाका किसानहरुमा कृर्षिको प्रविधि हस्तान्तरणमा ताईवानले ठुलो लगानी गर्यो । यसबाट अ,िफ्रकाका धेरैजसो देशहरुले तावानलाईनै आधिकारिक चिनको मान्यता दिन र कुटनीतिक सम्बनध सथापना गर्न शुरु गरेका थिए । यसबाट मेनल्याण्ड चिनलाई अन्तराष्ट्र्रिय जगतमा मान्यताका लागि ठुलो संकटको सामना गर्नु पर्ने अवस्थाको सिर्जना हुन जाने अवस्थाको सिर्जना भयो ।

१९७१ मा संयुक्त राष्ट्र्र संघको साधारण सभाले एक महत्वपुर्ण प्रस्ताव पारित गर्यो । जसले ताईवानलाई उक्त संगठनको सदस्यताबाट बहिर्गमन गराउदै मेनल्याण्ड चिनलाई आधिकारिक सदस्यका रुपमा लिने र संयुक्त राष्ट्र्र संघको सुरषा परिषतमा पनि ताईवानको स्थानमा चिनलाई मान्यता दिनु पर्ने घोषणा गरियो । संयुक्त राष्ट्र् संघमा भएको चुनावमा मेनलयाण्ड चिनको पक्षमा बढी मतदान भएकोले चिनले यो मान्यताको युद्ध जित्न पुग्यो । सो मतदानमा २७ वटा अफ्रिकन देशहरुले ताईवानलाई स्वतन्त्र देशका रुपमा मान्यता दिन अस्विकार गरी चिनलाई नै आधिकारिक देशका रुपमा मान्यता दिनु पर्ने पक्षमा मतदान गरे । १२ वटा अफ्रिकन देशहरुले अमेरिकाको पक्षमा लागेर ताईवानको स्वतन्त्रता र मान्यता र चिनको विरुद्दमा मतदान गरे । यसले ताईवानलाई सहयोग गर्ने देशहरुको संख्या पनि उल्लेख्य भएकोले ताईवानले थप प्रयाश गर्न थाल्यो । तर ताईवानको प्रयासले सफलता पाउन सकेन ।

१९७० को दशकको अन्त्य तिरबाट चिनले सुधारको युगको शुरुवात गर्यो । १९८० को दशकमा चिनले आर्थिक रुपान्तरण गर्दे अर्थतन्त्रका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न थाल्यो । ताईवानले पश्चिमा देशहरुको तरिकाबाट सहाकार्यातमक परियोजनाहरु संचालन गर्न थाल्यो । शिक्षा, स्वास्थे र कृर्षिको आधुनिकिकरणका लागि ताईवानले परियोजनाहरु संचालन गर्यो । सो अवधिमा चिन पनि सहयोग गर्नका लागि सक्षम भई सकेको थियो । संसारको सबै भन्दा ठुलो कम्युनिष्ट देशले अफ्रिकामा ठुलो मात्रामा भौतिक पुर्वाधारमा लगानी गर्न थाल्यो । यसबाट ताईवानको प्रभाव घट्दै जान थाल्यो भने चिनको उल्लेख्य प्रभाव हुन थाल्यो । यसरी दुई चिनहरुको अफ्रिका दौडमा ताईवानले हार्यो भने चिनले जित हासिल गर्न थाल्यो । हालको अवस्थामा दिनानुदिन ताईवानलाई छोड्ने र चिनलाई समर्थन गर्ने देशहरुको संख्या बढी रहेको छ । हाल करिव १६ वटा साना, गरिव र टापु देशहरुले मात्र ताईवानलाई पहिचान गर्दछन् । अफ्रिाकामा ताईवानलाई समर्थन गर्ने एक मात्र राष्ट्र्र स्वाजिल्याण्ड बाँकी रहेको छ र यो पनि कति दिन सम्म टिक्ने हो भन्ने एकिन छ्रैन ।

हालका वर्षहरुमा अफ्रिकामा चिनको उपस्थिति सारभुत रुपमा दिनानुदिन बढि रहेको छ । विआरआई मार्फत लागनीको ठुलो अफर चिनले अफ्रिकालाई उपलब्ध गराएको छ । आजको अवस्थामा चिनको लागि अफ्रिका एक रणनीतिक क्षेत्रका रुपमा देखिन थालेको छ । अमेरिका नेतृत्वको पश्चिमा विश्वले अफ्रिकाबाट गरेको ठुलो शोषण र सिर्जना गरेको असमानतालाई मेट्नका लागि चिनले नया औजारहरु अगािड सारेको घोषणा गर्दछ । हालको अवस्थामा चिन अफ्रिकाको सबै भन्दा ठुलो व्यापार साझेदार मुलुक हो । १९९० को दशकको तुलनामा चिन अफ्रिका व्यापार करिव ७०० प्रतिशतले बढेको छ । सन् २००० मा  The Forum on China-Africa Cooperation (FOCAC) को स्थापना भएको छ । यसले सरकारी तवरबाट नै सहयोग र सहकार्यकालागि औपचारिक शुरुवात गरेको छ । चिनले पछिल्लो समयमा अफ्रिकामा चिनले सैन्य शक्तिको उपस्थिति पनि बनाएको छ । जिवौटि नामको देशमा चिनले सैन्य उपस्थिति देखाएधधो छ । बढ्दौ व्यापार, अफिसियल सहयोग र सैन्य उपस्थितिले अमेरिका र बेलायत जस्ता पश्चिामा सुपर पावरहरु त्रसित हुन पुगेको देखिन्छ ।

एसियाको अर्को उदियमान राष्ट्र्र भारतको अफ्रिकासंग पुरनो र नजिकको नाता रहेको छ । तर व्यापारको लेन्सबाट हेर्ने हो भने भारत अफ्रिका व्यापार करिव ५० विलियन डलरको छ भने चिन अफ्रिका व्यपार करिव २०० विलियन डलर भन्दा बढी छ । यसबाट अफ्रिकामा चिनको तुलनामा भारत निक्कै पछाडि रहेको देखिन्छ । यति मात्र होईन चिनको अफ्रिका व्यापारले हाल अमेरिका तथा युरोपियन देशको व्यापारलाई पनि पछाडि पारि सकेको छ ।

चिनको अफ्रिकामा भएको ऋण लगानीको मात्रा हेर्दा त्यति ठुलो अंक देखिदैन । समग्र अफ्रिका महादेशमा भएको लगानी भन्दा पाकिस्तानमा भएको ऋण लगानी बढी देखिन्छ । २००० देखि २०१५ सम्ममा अफ्रिका तर्फ प्रवाह भएको ऋणको मात्रा जम्मा ९६ विलियन डलर मात्र देखिन्छ । जवकी पाकिस्तानले मात्र चाईना पाकिसतान ईकोनोमिक करिडोरका लागि लिएको ऋण ४६ विलियन डलर भन्दा बढी छ । अफ्रिकामा प्रवाह भएको धेरै जसो ऋण सो महादेशको पुर्वाधार ग्याप हटाउनका लागि प्रयोग भएको देखिन्छ । करिव ४० प्रतिशत जति ऋण उर्जा परियोजनामा लगानी भएको छ भने ३० प्रतिशत ऋण सार्वजनिक यातायात पुर्वाधारको आधुनिकिकरणमा प्रयोग भएको देखिन्छ । त्यस्तो ऋण सामान्यतया अत्यन्त न्युन व्याजदर र अत्यन्त लामो भुक्तानी अवधिका लागि जारी गरिएकाले अफ्रिकाको समग्र हितमा रहेको पाईन्छ । त्यसैले पश्चिमाले भने जस्तो अफ्रिका चिनको ऋण पासोमा पर्न सक्ने अवस्था आउने कुनै संभावना छैन । अफ्रिका चिन सम्बनध कम ऋणमा र बढी व्यापारमा टिकेको अध्ययनले देखाएको छ । चिनको व्यापार अर्थशास्त्रीय व्यापार नीति अन्तर्गत नै संचालनमा रहेको पाईन्छ ।

प्राईभेट कम्पनिहरुले उत्पादन र वितरणका काम गरका छन् । सरकारले त केवल बजार पहुँच, सरकारी सम्बन्ध विस्तार, र नागरिक सम्बन्ध तथा सार्वजनिक कुटनिितका लागि प्रयोग भएको छ । चिनियाँ ऋण अफिसियल डेभलप्मेन्ट सहायता अन्तर्गत रहेको छ भने केहि ऋणहरु निर्यात प्रवद्र्धनमा समेत प्रयोग भएको छ । त्यसैले हालको अवस्था सम्म पनि चिन अफ्रिकाको सबै भन्दा ठुलो सहायता प्रदान गर्ने मुलुक होईन । अफ्रिकाको ठुलो सहायता प्रदान गर्ने मुलुक अमेरिका नै हो । ठुलो सहायताका वावजुत पनि व्यापार र प्रभावमा क्रमशः गिरावट आउदै जानु अमेरिकी डिप्लोमेसिको ठुलो असफलता हो भने न्युन सहायताका बावजुत पनि उच्च व्यापार र प्रभाव बढ्दै जानु चिनियाँ कुटनितिको ठुलो सफलता मान्न सकिन्छ । चिन र अमेरिका विचको यस्तो लडाईबाट अफ्रिकाले फाईदा लिनु उत्तम हुन्छ ।
चिनको अफ्रिका नितिको अपार सफलता कसरी संभव हुन पुग्यो भन्ने विषय अनुसनधानको विषय हुन सक्छ ।

पश्चिमाहरुको निकटतम क्षेत्रका रुपमा रहेको, वर्षै सम्म पश्चिमाहरुले साम्राज्य स्थापना गरेको अफ्रिाकाआ केवल दुई दशकमा अति दुरबाट आएको मुलुकले पुराना शक्तिहरुको विचबाट नै चुनौती दिएकोले अव अफ्रिकामा थुसिडाईसियन संकटको अवस्था सिर्जना भएको छ । प्राचिन समयमा स्थापित शक्ति एथेन्स भएकोमा स्पार्टा अर्को शक्तिको रुपमा उदय भएको अवस्थाबाट युद्ध अवश्यंभावी हुने विचार तत्कालिन ईतिहासविद Thucydides   दिएको हुनाले यसलाई थुसिडाईसियन संकटका रुपमा लिईन्छ । हाल विश्वका विभिन्न मोर्चाहरुमा विद्यमान अमेरिकी शक्तिसंग प्रतिस्पर्धा गर्नका लागि उदियमान शक्ति चिनको उदय भएको अवस्थामा यो संकटको उदय हुन सक्ने देखिन्छ । त्यस्ता संकटहरु मध्ये अफ्रिका पनि एक मोर्चाका रुपमा उदय भएको पाईन्छ ।

चिनको अफ्रिकामा दौडलाई प्रवल बनाउनका लागि उसले बेल्ट एण्ड रोड ईनिसियटिभमा अफ्रिकालाई बढी महत्व दिएको छ । एक्काईसौ शताव्दीको मेरिटाईम सिल्क रोडको अभिन्न अंगका रुपमा केन्याको मोम्बासा पोर्टको विस्तार तिव्र गतिमा भई रहेको छ । मोम्बासा नैरोवी रेल्वे परियोजना पनि बेल्ट एण्ड रोड ईनिसियटिभको एक ठुलो परियोजना हो । यस परियोजनामा ४७२ किलो मिटर लामो अत्याधुनिक रेल्वे विस्तार गरिदैछ । यसबाट केन्याको ठुलो पोर्र्ट राजधानीसंग अत्याधुनिक रेल्वे मार्फत जोडिदा केन्याको विकासमा ठुलो परिवर्तनको आशा गरिएको छ ।

ईथियोपियाले पनि अदिसअवावा देखि जिवौटी सम्म जोड्ने ७५६ किलो मिटर लामो आधुनिक रेल्वे परियोजना चिनको सहयोगमा शुरुवात गरेको छ । जसमा ४ विलियन डलर चिनले लगानी गर्देैछ । स्मरण रहोस जिवौटीमा चिनिया जनमुक्ति सेनाको क्याम्प पनि रहेको छ । उपारेक्त दुईवटा उाहरण मात्र हुन । चिनले अफ्रिकाका अधिकांश मुलुकहरुमा ठुलो मात्रामा पुर्वाधारमा लगानी गरेको छ । जसवाट निकट भविश्यमा अफ्रिका चिनको ठुलो प्रभाव क्षेत्रमा पर्न जाने छ । यसलाई पश्चिमा राष्ट्र्रहरुले नयाा ढंगको कोलोनियालिज्मको रुपमा समेत हेर्ने गरेका छन् । तथापि अफ्रिकाका जनताको विकासको आशालाई मुर्त रुप दिने घोषित उदेश्यले गरेको लगानीलाई प्रारम्भिक चरणमै नकारातमक टिप्पणी गर्नु उपयुक्र्त नहोला ।
लेखक : चक्र प्रसाद ढुंगाना

वेईजिंग विश्वविद्यालयबाट स्नातकोत्तर हुनु हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया