चितवनमा सर्वसाधारणलाई प्रहरी चौकीमा चरम यातना दिइ हत्या; आक्रोशित स्थानीयवासी, स्थिति तनावग्रस्त !

फाइल फोटो

काठमाडौँ, बिहिबार चितवनमा प्रहरीले सर्वसाधारणलाई गिरफ्तार गरी टाँरी प्रहरी चौकीमा चरम यातना दिइ कुटेर हत्या गरेको समाचार प्राप्त भएको छ । हत्या हुने चितवन जिल्लाको कालिका नगरपालिका सुन्दरबस्तीको युर्यपुर गाउँमा बस्ने २३ बर्षीय उपेन्द्र घिसिङ रहेका छन् ।

सर्वसाधारण जनतालाई प्रहरीले गिरफ्तार गरी चरम यातना दिई मारे पश्चात हाल चितवनको अवस्था निकै तनावग्रस्त बनेको छ । स्थानीयवासीले जुटपानी चौकीमा घेरा हाली तोडफोड गर्दै नारा जुलुस गरेका छन् ।

चितवनका जयमंगला चौकी, कृष्ण मन्दिर चौकी र पदमपुर चौकीमा कार्यरत प्रहरीहरु स्थानियवासीको आक्रोसलाई नियन्त्रण गर्न नसकेर चौकीबाट भागेका छन् ।

स्थानियवासी र प्रहरी बीचको झडपमा २ प्रहरी घाइते भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया