काठमाडौं । निकै नै चर्चामा रह्यो चार वर्ष अघि, असार १५ कै दिन अर्थात धान दिवस ।। तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको अस्वभाविक व्यवहारले धेरैको ध्यान तान्यो ।
सो दिन कृषि मन्त्रि हरिप्रसाद पराजुलीले सबैलाई चकिन बनाए । मन्त्री पराजुलीले खेत रोप्ने क्रममा एक महिलालाई अंगालो हाले । कृषि बिभागले काठमाडौको मुलपानीमा आयोजना गरेको असार १५ को धान दिवस कार्यक्रममा मन्त्री पराजुलीले हिलो खेलेर महिलालाई निकै अभर्द व्यवहार गरे ।

मन्त्री पराजुलीले अंगालो मारेका ति महिलाले फुत्किएर पछि धारे हात लगाउदै गाली समेत गरेकी थिइन् । सो घटना लगत्तै सामाजिक सञ्जालमा निकै विरोध भयो ।
फेसबुक देखि ट्विटरसम्मको विरोधका कारण उनी निकै आलोचीत बने । उनको आलोचना गाईजात्रा देखि विभिन्न हाँस्यव्यङ्गे कार्यक्रमसम्म आलोचनात्मक पात्रको रुपमा परिचीत भए । साथै उनको लज्जास्पद रुपमा मन्त्री पदबाट समेत बिदा हुनुपर्यो ।








