चापागाउँ-टाहाखेल सडकखण्ड अनिश्चितकालिन बन्द, जनजिवन अस्तव्यस्त ! [ भिडियो सहित ]

काठमाडौँ, चापागाउँ-सातदोबाटो सडक लामो समय देखी मर्मत नभएको हुँदा धुलो धुँवाबाट हार खाएका भएका स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।

सातदोवाटो चापागाँउ सडक मर्मतको माग राख्दै प्रर्दशन गरिरहेका स्थानीयबासी चक्का जाम झन् कडा बनाउने बताएका छन् । सडकको स्थिति यति नाजुक भैसक्दा पनि सरोकारवालाहरुको यस तर्फ आँखा नगएको भन्दै उनीहरु बिहिबारबाट प्रदर्शनमा उत्रिएका हुन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै चापागाँउका स्थानीयबासीको मुल सडक निर्माण दबाब समुहले सोमबारबाट सडक मर्मत नभएसम्मका लागि सडक बन्द गर्ने घोषणा गरेका छन् ।

केहि दिन २/४ घण्टा बन्द गर्दा पनि यस बारे राम्रो प्रतिक्रिया नआएपछि उनीहरुले आइतबारबाट बिहान ७ बजे देखि साँझ ५ बजे सम्म सडक बन्द गर्न लागेका हुन् ।

आइतबार सवारी साधन देखि लिएर सम्पुर्ण पसलहरु पनि बन्द गर्दै स्थानीयवासीले प्रदर्शनलाई चर्काएका छन् । टाहाखेल देखि ठेचो सम्म नाराबाजी गर्दै प्रदर्शन गर्ने उनीहरुको भनाइ छ ।

स्थानियवासीका अनुसार यस बारे जनप्रतिनिधि र प्रशासनले बेवास्ता गरेको बताउँदै सडक मर्मत नभएसम्म प्रदर्शन जारी नै रहनेछ । गोदावरी नगरपालिकाले भने शुक्रबार स्ठानियवासीलाई एक हप्ताभित्र सडक मर्मत हुने जानकारी दिए पनि उनीहरुले पत्याएका भने छैनन् ।

हेर्नुहोस् भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया